Posts

Showing posts from August, 2026

Cognitive Clash Technology, Brain, and Attention

  प्रविधि , मस्तिष्क र ध्यानको द्वन्द्व (Cognitive Clash: Technology, Brain, and Attention) -          भागवत देव भट्ट लेख सार ( Abstract) २१ औँ शताब्दीमा सूचना तथा सञ्चार प्रविधिको सर्वव्यापकताले शैक्षिक र व्यावसायिक आयाममा अभूतपूर्व क्रान्ति ल्याए तापनि प्रविधिको अनियन्त्रित प्रयोगले मानव मस्तिष्कको गहिरो एकाग्रता ( Deep Focus) लाई गम्भीर रूपमा खण्डित गरिरहेको छ । स्ट्यानफोर्ड , UC Irvine, र हार्भरड जस्ता विश्वविद्यालयका प्रयोगात्मक ( Empirical) अध्ययन तथा स्नायुवैज्ञानिक तथ्याङ्कहरूमा आधारित प्रस्तुत अनुसन्धानमूलक लेखले प्रविधि र मानव ध्यानबिचको विरोधाभासपूर्ण सम्बन्धको बहुआयामिक विश्लेषण गर्दछ । ध्यान खण्डीकरण ( Attentional Fragmentation) को समस्या निरूपणका लागि यस अध्ययनले तीन प्रमुख सैद्धान्तिक ढाँचाहरू प्रयोग गरेको छ: १. संज्ञानात्मक भार सिद्धान्त ( Cognitive Load Theory)- दृश्य विकर्षणले वर्किङ मेमोरीमा पार्ने अतिरिक्त भार ; २. अहंकार क्षय सिद्धान्त ( Ego Depletion Theory)- डिजिटल प्रलोभन रोक्ने क्रममा इच्छाशक्तिको क्षयीकरण ;...