Posts

Showing posts from September, 2026

Verbal Violence and Gaslighting : An Analytical Study (मौखिक हिंसा र ग्यासलाइटिङ: एक विश्लेषण)

  मौखिक हिंसा र ग्यासलाइटिङ: एक विश्लेषण (Verbal Violence and Gaslighting: An Analytical Study) - भागवत देव भट्ट सारसंक्षेप ( Abstract) अन्तर्वैयक्तिक सञ्चारमा प्रयोग हुने हेरफेरयुक्त भाषा ( Manipulative Communication) र मौखिक हिंसा ( Verbal Poison) ले व्यक्तिको आत्मसम्मान , यथार्थ बोध , र संज्ञानात्मक स्थिरतामा पुर्‍याउने क्षतिको अध्ययन केवल आधुनिक मनोविज्ञानमा मात्र सीमित छैन । प्रस्तुत अनुसन्धानमूलक लेखले सातवटा प्रमुख विषालु वाक्यांशहरूको गहिरो विश्लेषण गर्दै पूर्वीय दर्शन , पाश्चात्य दर्शन , आधुनिक मनोविज्ञान र शिक्षण-सिकाइ ( Teaching-Learning Process) को परिप्रेक्ष्यमा यसको विश्लेषणात्मक तथा तुलनात्मक अध्ययन प्रस्तुत गरेको छ । अध्ययनले पूर्वीय दर्शनको वाक्-शुद्धि , साङ्ख्य दर्शनको त्रिगुण , बौद्ध दर्शनको सम्मा वाचा (सद्वाणी) , र न्याय दर्शनको प्रमाणशास्त्रका साथै पाश्चात्य दर्शनका सोफिस्ट विचार , सुकरातको द्वन्द्वात्मक विधि , कान्टको नैतिक कर्तव्यशास्त्र , र आधुनिक मनोविज्ञानका ग्यासलाइटिङ ( Gaslighting), FOG मोडल एवं संज्ञानात्मक असन्तुलन ( Cognitive Dissonance) का स...