तल्लो स्वराड क्षेत्रको धामी–झाँक्री कुरडी र स्थानीय उपचार पद्धति: एक अध्ययन
तल्लो स्वराड क्षेत्रको धामी–झाँक्री कुरडी र
स्थानीय उपचार पद्धति: एक अध्ययन
efujt b]j e§
परिचय
नेपालका
सुदूरपश्चिम प्रदेशभित्र पड्ड्या बैतडी जिल्लाका दक्षिण–पश्चिमी भेगमा रयो तल्लो
स्वराड, भूगोला हिसाबले मात्रै नाइँरे संस्कृति
रे भाषाका दृष्टिले लै भौत सम्पन्न रे जुदी पछयाण भयो क्षेत्र हो। आधुनिक
डक्टर–वैद्य रे अस्पतालका सेवा–सुविधा पुग्दाहै पैल्ली बठेइ एइ क्षेत्रमा कयौँ
पुस्तादेखि एक दमै मौलिक रे पुरानो स्वास्थ्य उपचार पद्धति चलिआइरयो धेकिन्छ।
पैलिका जमाना बठेइ या का गाउँघरमा रोगव्याधि, दैवी आपत्ति रे मनका समस्या (मानसिक समस्या) लाइ सुल्झाउनका लेखा धामी, झाँक्री, गंतुवा रे वैद्यन
लाइ मुख्य सल्लाहकार र उपचार गद्द्या मान्सका रूपमा रइ आयाका छन्।
विशेष गरी
देवी-देउतानको शक्ति, मन्तर (मन्त्र) र झारफुकबठेइ गरिन्या
उपचार याको सामाजिक रे धार्मिक जीवनको एक दमै नछुट्या अङ्ग बनिरैछ। तल्लो स्वराडका
कयौँ गाउँ-बस्तीनमा आजी (अझै) लै देउताका नाममा गरिन्या झारफुक र ‘देउरो’ जान्या
चलन ज्युँनोई छ। एइले या का मान्सहरूमा एक किसिमको मनोवैज्ञानिक र आध्यात्मिक
विश्वास जगाएको छ। एइ तरिकामा आध्यात्मिक पक्ष मात्रै नहोइबरे, ‘पैलो उपचार’ (प्राथमिक उपचार) का रूपमा हाम्रा पाखा-पखेरा र
वन-जङ्गलमा पाइने बहुमूल्य जडीबुटीनको समेत प्रयोग हुन्या गरन्छ।
तर, आजभोलका आधुनिक जमानामा यो पुरानो अर्ती-बुद्धि रे ज्ञान
थोक्काइ खुम्चिँनोई रे जोखिमपूर्ण हुँनोई जान्नाछ। वैज्ञानिक ढङ्गले जडीबुटी
पछ्याण्ण नसक्दा रे कति खान्या भण्या मात्राको ज्ञान नहोइबरे कन्ज्याई त सामान्य
बिमारीको अवस्था लै झिक बिगड्या झिक जटिल बन्न्या तितो सत्य हाम्रा ऐतिरमुख छ।
अर्खातिर, यो भौति खास उपचार पद्धति रे यइमा प्रयोग
हुन्या ‘धामी-गंतुवा कुरडी’ र मन्तर नयाँ पुस्तामा सद्द नसक्दा यो अमूल्य संस्कृति
हराउँनोई जान्या अवस्थामा पुग्दा छ। तबै ईन क्षेत्रनको पुरानो उपचार पद्धतिलाई
आधुनिक अस्पताल र डाक्टरी सेवासित मिलाइबरे अध्ययन गद्द्या र यइको मौलिकता
जोगाउन्या आजको ठूलो आवश्यकता धेकिन्छ।
मान्सको गन्ती रे भूगोलको अवस्था
बैतडी जिल्लाको
दक्षिण–पश्चिमी भेगमा पड्ड्या तल्लो स्वराड भूगोलका हिसाबले विकट भया पनि संस्कृति
रे सामरिक दृष्टिले भौति महत्वपूर्ण मानिन्छ। नेपाल सरकारको राष्ट्रिय जनगणना २०७८
(२०२१) को रिपोर्ट अनुसार, ईन क्षेत्रनका मान्सको बनोट रे प्रशासनिक
रूपमा झिक फेरबदल आयाको छ। पैलीका जमानामा तल्लो स्वराडभित्र पड्ड्या दर्जनौँ गाउँ
विकास समिति (गाविस) हरू अइल राज्यको नयाँ संरचना पछ्याइबरे मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका रे शिवनाथ गाउँपालिका गरीबरे तीन
स्थानीय तहमा बाँडियाका छन्।
२०७८ को जनगणना
अनुसार, यी तीनै तहको जम्मा जनसंख्या हेरंज्या:
- मेलौली नगरपालिका: २२,५२१
- पञ्चेश्वर गाउँपालिका: १६,२७७
- शिवनाथ गाउँपालिका: १३,८४०
यसोइ गरी हेरंज्य
ईन क्षेत्रनमा बसोबास गद्द्या मान्सनको जम्मा संख्या झण्डै ५२,६३८ पुग्दा छ। यो संख्या बैतडी जिल्लाको जम्मा जनसंख्या (२,४२,१५७) को करिब २१.७३ प्रतिशत हिस्सा हुन
आउँछ। ईन क्षेत्रनमा खास गरी ब्राह्मण, क्षेत्री (चन्द, ठकुरी), दलित रे अर्खा विभिन्न जातजातिहरूको बाक्लो बस्ती छ, जइले या को सामाजिक विविधतालाई धेकाउँछ।
भौगोलिक रूपमा
महाकाली नदीका बगड बठेइ महाभारत लेकका अल्का (अग्ला) टुपासम्म फैलिनो यो क्षेत्र
प्राकृतिक स्रोत रे सांस्कृतिक सम्पदाले झिकै सम्पन्न छ। प्रशासनिक सुगमता रे
स्थानीय मान्सको पहुँचलाई ध्यान मा राख्दा, ‘भाषिक अध्ययन (२०७६)’ रे स्थानीय तहका पछिल्ला गन्ती (तथ्याङ्क) हरूका अनसार
पैलीका प्रत्येक गाविस (अइलका वडा) मा कम्तीमा एक आधारभूत स्वास्थ्य केन्द्र वा
उप–स्वास्थ्य चौकी स्थापना गरियाइका छन्। तब लै, भौगोलिक विकटताका कारण कतिपय दुरदराजका बस्तीन बठेई ईन स्वास्थ्य सेवा
केन्द्रसम्म पुग्दु आजिलै चुनौतीपूर्ण छ, जइले गद्दा समाजमा आजी लै धामी–झाँक्री रे गंतुवा पद्धति तिरको भर पड्ड्या चलन
कायमै धेकिन्छ।
भाषाका गुण रे खास शब्दहरू
तल्लो स्वराड
क्षेत्रको लोक–संस्कृतिमा धामी, झाँक्री रे
गंतुवानले प्रयोग गद्द्या भाषा खाली कुरडि गद्द्या माध्यम मात्तरै नहोइबरे, यो एक किसिमको ‘गुप्त’ रे ‘पवित्तर’ कुरडी (Discourse) का रूपमा रयो छ। यो भाषा साधारण बोलीचालीको बैतडेली वा
डोटेली लवज है भौति फरक, प्रतीकात्मक रे ठूलो (विशिष्ट) प्रकृतिको
हुन्छ। भट्ट (२०७५) का अनुसार, एइ भाषामा प्रयोग
हुन्या शब्दनको अर्थ रे सन्दर्भ तसै खास संस्कृति, धार्मिक अनुष्ठान रे स्थानीय परिवेशमा निकरी घुलिसक्या मान्सहरूले मात्रै
बुझ्झ सक्दान्।
एइ कुरडी (भाषिक
शैली) को अर्खो मुख्य विशेषता भण्याको यइमा प्रयोग हुन्या ‘पर्यायवाची’ रे
‘विम्बपरक’ शब्दनको छनोट हो। उस्तै त, खतरनाक वा हिंस्रक जनवारनलाई सिधै नामले नबोलाइबरे ‘बाह्र भारीको’ (बाघ) वा
‘नङ्या’ (नङ्ग्रा भयाको) भण्णाले एकातिर देउतापट्टिको श्रद्धा झल्किन्छ भण्या
अर्खातिर रहस्यमय वातावरण लै बणाउँछ।
तालिका १: तल्लो
स्वराडको विशिष्ट धामी–गंतुवा शब्दावली
|
विशिष्ट शब्द |
अर्थ |
विशिष्ट शब्द |
अर्थ |
|
बर्मा |
ब्राह्मण पुजारी |
बुडाझाल |
उदयदेव (चन्दको कुलदेवता) |
|
पगडिया |
चन्द ठकुरी समुदाय |
नर / पुतली |
पुरुष / महिला |
|
पशु |
बालक / बच्चा |
नीर |
पानी (पवित्र जल) |
|
द्यौलिया |
बाजा बजाउने व्यक्ति |
निसान |
देवताको ध्वजा |
|
कालिकोइला |
मृत्यु वा विनाश |
खन्खनानो |
रोगबाट मुक्त हुनु |
|
चिच्या |
बोका (बलिका लागि) |
देउरो |
देवताको धामीसहितको टोली |
|
बाह्र भारीको |
बाघ |
हरियो साउलो |
मृग |
|
पेल्या |
सुन |
गुसाईं |
सर्वोच्च वा पूज्य देवता |
|
बगौली |
गंतुवा (मन्त्र पढ्ने) |
लाइघडी |
आजको समय |
सांस्कृतिक मान्यता रे लोक विश्वास
तल्लो स्वराडको
सामाजिक रे आध्यात्मिक बनोटमा न्याय, शक्ति रे सुरक्षाको त्रिवेणी सधैं कडा (प्रबल) रइ आएइको छ। याँको लोक-मान्यता
खाली धार्मिक अनुष्ठानमा मात्रै नहोइबरे एक ज्युँनो ‘अलिखित संविधान’ का रूपमा
समाजमा रै आयो छ। ईन क्षेत्रनमा चलिआएको ‘सुनको हात बेलको पात’ भण्ण्या उखानले
दैवी न्यायको तै उचाइलाई बताउँनछ।
तल्लो स्वराडमा
शासन-सत्ता रे शक्तिको केन्द्रका रूपमा रयाका चन्द ठकुरीनले आफ्ना कुलदेउताका
रूपमा उदयदेउलाई पुज्जान। मेलौली भगवतीको ठूलो महिमा छ। याँको समाजमा कभै लै
अन्याय भ्याबरे ‘देर होली अन्धेर नाइ’ (ढिलो होला तर अन्याय हुन्न) भण्ण्या
मान्यता छ, जइले पीडितलाई न्यायको आश रे दोषीलाई
दैवी दण्डको डर धेकाउँछ।
निष्कर्ष
एइ अध्ययनको सारका
रूपमा भण्न्ज्या बैतडीको तल्लो स्वराड क्षेत्र खाली एउटा भूगोल मात्तरै नहोइबरे यो
एक ज्युँनो ऐतिहासिक रे भाषिक सङ्ग्रहालय हो। २०७८ को जनगणनाले धेकायाको मान्सको
गन्ती रे प्रशासनिक फेरबदल भयालई ईन क्षेत्रनको सामाजिक–सांस्कृतिक धरातल आजी लै
आफनी मौलिक न्याय प्रणाली रे देउ-आस्थामा अडिग छ।
यो भाषिक रे
सांस्कृतिक सम्पदा हराउनु भण्यो तल्लो स्वराडको मौलिक पछ्याण (पहिचान) संकटमा
पड्डु हो। तबै, धामी–गंतुवानले प्रयोग गद्द्या तन खास
शब्दनको वैज्ञानिक खोजीनीति, सांस्कृतिक
संरक्षण रे अध्ययन-अनुसन्धान गद्दु आजको मुख्य आवश्यकता हो। तल्लो स्वराडका ईन
दैवी शक्तिको न्याय रे आशिषको ओतलाई जोगाइराख्खुइ भोलका पुस्तानकि लेखा एक समृद्ध
सम्पत्तिको रक्षा गद्दु हो।
Comments
Post a Comment